सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट शिलान्यास

अार्थिक वर्ष

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट शिलान्यास

तेह्रथुम, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित शिलान्यास समारोहलाई सम्बोधन गर्नु पूर्व सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले सुकेपोखरी पोखरी मा.वि. प्रणामी मा.वि. आधारभूत विद्यालय भानु, ईवा भदौरे सडक निर्माण कार्यको शिलान्यास गर्नु भएको थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यूलाई के.पी शर्मा ओलीज्यूलाई प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भानुभक्त ढकाल, प्रदेश नं. १ का मुख्यमन्त्री माननीय शेरधन राई, वागमती प्रदेशका प्रदेश प्रमुख माननीय विष्णु प्रसाईँ, संघीय सांसद, आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्की, प्रदेशका माननीय सांसदहरु, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुखहरु लगायत निजामति कर्मचारी र सर्वसाधारणले भव्यताका साथ स्वागत गरेका थिएँ ।

उक्त कार्यक्रम पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूको जन्मदिन परेकोले ईवाका स्थानीय वासिन्दाले जन्मोत्सब मनाएका थिएँ । प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना दिन सबैलाई खुल्ला गरिएको थियो । सो कार्यक्रम मिति २०७६÷११÷११ मा सम्पन्न भएको थियो ।