०७५/७६

समवेदना

प्रदेश नम्बर १ का मुख्यन्यायाधीवक्ता श्री चुडामणी आचार्यकी ममतामयी माता लेख कुमारी आचार्य (गोमा) को मिति २०७५।०६।१३ गते भएको असामयिक निधनमा प्रदेश प्रमुख माननीय प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङज्यूबाट गहिरो शोक व्यक्त गर्दै यस दुखद  घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गर्नु भएको छ ।

 

संछिप्त परिचय

हिमाल,पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम,पांचथर,ताप्लेजुंग,संखुवासभा,तेरथुम,भोजपुर,धनकुटा,खोटाङ,सुनसरी,मोरङ,सोलुखुम्बु ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्ला पर्दछन | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन | यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र वाग्मती प्रदेश पर्दछन | अक्षांशको हिसाबले यो प्रदेश २६∘ २७’ १५ “ पर्दछ भने देशान्तरको हिसाबले ८७∘ १६’ ४७” पर्दछ | यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ | मोरङ जिल्लाको बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको छ | जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण,क्षेत्रि,राई,लिम्बु,थारु,लेप्चा,तामांग,गुरुङ,मेचे,कोचे,यादव,राजवशी,लगायतका जातिहरुको बसोबास रहेकोछ भने नेपाली,मैथिली,किराती,तामांग,लिम्बु,गुरुङ,लेप्चा,मगर र थारु भाषा मुख्य रपमा बोलिन्छन | विश्वकै सर्वाच्च शिखर सगरमाथा लगायत कन्चंजंगा,मकालु,चोयु,लोत्से,जन्नु,यलुंगकांग आदि हिमालहरुको अवस्थितिले मित्ररास्त्र चीनसँग प्राकृतिक सीमाको काम गरेकोछ | यस प्रदेशमा ईलामको अन्तुडाडा,कन्याम,धनकुटाको भेडेटार,सोलुखुम्बुको नाम्चे बजार,सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरु रहेका छन् | प्राकृतिक सम्पदा,वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा रास्ट्रिय निकुन्ज,मकालु बरुण रास्ट्रिय निकुन्ज,कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकली जस्ता ठुला र लामा झरनाहरु पनि यसै प्रदेशमा रहेको छन् |