विराटनगर ट्रक व्यावसायी संघको २९ औँ वार्षिकोत्सब तथा १५ औँ अधिवेशन

अार्थिक वर्ष

                                     विराटनगर ट्रक व्यावसायी संघको २९ औँ वार्षिकोत्सब तथा १५ औँ अधिवेशन

पौष २६, विराटनगर । विराटनगर ट्रक व्यावसायी संघको २९ औँ वार्षिकोत्सब तथा १५ अधिवेशनको उद्घाटन समारोहलाई प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूले पानसमा दीप प्रज्जलन गरी औपचारिक उद्घाटन गर्नु भएको थियो ।

नेपाल ट्रक यातायात व्यवसायका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, माननीय ऋषिकेश पोख्रेल, माननीय केदार कार्की लगायतका वक्ताले बोल्दै नीतिगत सुधार गर्नुपर्ने धारणा राख्नु भएको छ भने प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्युले प्रक्रियागत त्रुटीलाई पनि आपसी छलफल र सहमतीले निकास निकाल्न सकिने भएकाले स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारसँग सकरात्मक सोचका साथ सहयोग र सदभावपूर्ण सहयोग पु¥याउने धारणा राख्दै राज्यको महत्वपूर्ण घडीमा व्यवसायीले पु¥याएको योगदानलाई बिर्सन नहुने कुरा बताउनु भएको छ ।

कार्यक्रमको अध्यक्षता । विराटनगर ट्रक व्यावसायी संघका अध्यक्ष मेघराज सिग्देलले गर्नु भएको थियो ।