अ.दु.अ.आयोगले माननीय प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन आज बुझायो

अार्थिक वर्ष

                                          अ.दु.अ.आयोगले माननीय प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन आज बुझायो

पौष २८, बिराटनगर । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको धारा २९४ मा व्यवस्था भए अनुसार प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूलाई वहाँकै कार्यलयको सभा हलमा पत्रकारहरुको उपस्थितिमा आ.व. २०७५\७६ को २९ औँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

माननीय प्रदेश प्रमुख समक्ष प्रतिवेदनको प्रस्तुत गर्दै अ.दु.अ.आयोगका सह सचिब रविलाल पन्थले उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान, विशेष अदालतमा मुद्दा दायर, अदालतबाट प्राप्त पैmसलाउपर पुनरावेदन, सम्बन्धित निकायमा सुझाब प्रेषण, तथ्यहीन र प्रमाणविहीन उजुरीको तामेली, भ्रष्टचार रोकथामका प्रवद्र्धनात्मक÷निरोधात्मक कार्यहरु र संस्थागत सुदृढीकरणका कार्यहरु शीर्षकमा जानकारी गराउँनु भयो ।

प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूले शुभकामना तथा धन्यवाद दिदै अ.दु.अ.आयोगको शक्तिको अनुभूति जनताले गर्न पाउँने अवस्था स्रिजना गर्नु पर्ने बताउँनु भएको छ । अ.दु.अ.आ.को तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आयोग नतर्सी, नडराइ, सतर्कताका साथ सर्ध अधि बढ्नु पर्ने बताउँदै  लज्जीत र पराजित मानसिकता कहिल्यै हुनुनपरोस् भनी शुभकामना दिनु भएको छ ।