इटहरी साहित्यिक समूहको धरणीधर दाहाल स्मृति पुरस्कार २०७६ कार्यक्रम

अार्थिक वर्ष

श्रष्टा द्वय सम्मानित
सुनसरी, आज इटहरी साहित्यिक समूहले धरणीधर दाहाल स्मृति पुरस्कार २०७६ द्वारा श्रष्टा द्वयलाई सम्मान गरेको छ । नेपाली साहित्यका मूर्धन्य व्यक्ति साहित्यकार बैरागी काइला र ललितकलाकार विक्रम श्रीलाई आज  प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले दोसल्ला ओढाइ रु पच्चिस हजारको धन राशी सहित सम्मान गर्नु भएको छ ।
विशिष्ट साहित्यकारहरु तथा प्राध्यापकहरुले सम्मानीत व्यक्तित्वहरुको कृति र व्यत्तित्वका बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो भने कवि कलाकारहरुले कविता वाचन तथा गीत गाएका थिएँ । कार्यक्रममा बैरागी काइलाकी धर्मपत्नी देवकुमारी वाइवाको पनि उपस्थिति थियो । साहित्यकार बम देवान, गंगा आचार्य, प्रा.डा.बद्री बिकासले समीक्षात्मक मन्तब्य राख्नु भएको थियो भने श्रष्टा द्वयले जीवनका भोगाइ र अनुभबहरु प्रस्तुत गरेका थिए । माननीय प्रदेश प्रमुखले साहित्यको चर्चा गर्दै जीवन र जगतको सारतत्वको बोध गराउने कुरा नै साहित्य भएकोले यसको निरन्तर सेवा र साधना गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रमको अध्यक्षता इटहरी साहित्यिक समूहका अध्यक्ष श्रीप्रसाद पोख्रेलले गर्नु भएको थियो ।