प्रदेश नं. १ का माननीय प्रदेश प्रमुखबाट बर्जु ताल अवलोकान/निरीक्षण

अार्थिक वर्ष

                                       प्रदेश नं. १ का माननीय प्रदेश प्रमुखबाट बर्जु ताल अवलोकान/निरीक्षण

प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूले प्रदेश नं. १ को पर्यटकीय स्थल चिमडी वर्जु तालको अवलोकान/निरीक्षण गर्नु भएको छ । अवलोकनका क्रममा वर्जु ताल संरक्षण समितिका सदस्यहरुले अनौपचारिक भेटघाट गरी माननीय प्रदेश प्रमुखलाई तालको अवस्था र भावी योजनाका बारेमा जानकारी गराएका थिएँ । बर्जु गाउँपालिकाका अध्यक्ष, वडा सदस्यहरु र विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वर्जु ताल संरक्षणमा नेपाली सेनाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै बर्जु गाउँपालिका निवासीहरुलाई प्रकृतिले सम्पन्नताका निमित्त यो ताल उपहारका रुपमा दिएको हुनाले यसको संरक्षण, सम्वर्धन र विकासका लागि सबैजना एकजुट भएर लाग्नु पर्ने माननीय प्रदेश प्रमुखले बताउँनु भयो । प्रदेश नम्बर १ को मात्र नभई यो समग्र राष्ट्रको सम्पत्ति भएकाले यसको विकासमा आपूmले सक्दो पहल गर्ने कुरा प्रदेश प्रमुखले बताएपछि बर्जुबासी हर्षित भएका थिए ।