प्रेस-विज्ञप्ति (समवेदना सम्बन्धमा )

अार्थिक वर्ष

धरान उपमहानगरपालिकाका मेयर तारा शुब्बाको मिति २०७५।०४।०१ गते भएको असामयिक निधनमा प्रदेश प्रमुख माननीय प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङज्यूबाट गहिरो शोक व्यक्त गर्दै उहाँको निधनले प्रदेश नं. १ को समग्र राजनीति विकासमा अपुरणिय क्षती पुगेको उल्लेख गर्नु भएको छ । धरानको बृहत्तर विकासको लागि स्वर्गीय शुब्बाको अग्रसरतामा भएका कार्य भुल्न नसकिने र अनन्त काल सम्म स्मरण योग्य रहने धारणा व्यक्त गर्दै यस दुखद  घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गर्नु भएको छ ।