विज्ञप्ति -विधेयक प्रमाणीकरण !!

अार्थिक वर्ष

विज्ञप्ति

प्रदेश सभाको विभिन्न वैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणिकरणको लागि प्राप्त हुन आएको “विपद् व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५”, “प्रदेश नम्बर १ सामाजिक विकास संस्था विधेयक, २०७५” र “प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा बनेको विधेयक, २०७५” नेपालको संविधानको धारा २०१ को उपधारा(२) वमोजिम माननीय प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङज्यू बाट मिति २०७५।०६।१४ गते आइतवारका दिन प्रमाणीकरण भएकोले यो विज्ञप्ती जारी गरिएको छ ।