माननीय प्रदेश प्रमुखको सन्देश/शुभकामना

प्रदेश परिचय

हिमाल,पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम,पांचथर,ताप्लेजुंग,संखुवासभा,तेरथुम,भोजपुर,धनकुटा,खोटाङ,सुनसरी,मोरङ,सोलुखुम्बु ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्ला पर्दछन | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन | यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र वाग्मती प्रदेश पर्दछन | अक्षांशको हिसाबले यो प्रदेश २६∘ २७’ १५ “ पर्दछ भने देशान्तरको हिसाबले ८७∘ १६’ ४७” पर्दछ | यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ | मोरङ जिल्लाको बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको छ | जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण,क्षेत्रि,राई,लिम्बु,थारु,लेप्चा,तामांग,गुरुङ,मेचे,कोचे,यादव,राजवशी,लगायतका जातिहरुको बसोबास रहेकोछ भने नेपाली,मैथिली,किराती,तामांग,लिम्बु,गुरुङ,लेप्चा,मगर र थारु भाषा मुख्य रपमा बोलिन्छन | विश्वकै सर्वाच्च शिखर सगरमाथा लगायत कन्चंजंगा,मकालु,चोयु,लोत्से,जन्नु,यलुंगकांग आदि हिमालहरुको अवस्थितिले मित्ररास्त्र चीनसँग प्राकृतिक सीमाको काम गरेकोछ | यस प्रदेशमा ईलामको अन्तुडाडा,कन्याम,धनकुटाको भेडेटार,सोलुखुम्बुको नाम्चे बजार,सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरु रहेका छन् | प्राकृतिक सम्पदा,वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा रास्ट्रिय निकुन्ज,मकालु बरुण रास्ट्रिय निकुन्ज,कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकली जस्ता ठुला र लामा झरनाहरु पनि यसै प्रदेशमा रहेको छन् |